spot_img

18 February ,2026,Wednesday

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार : पत्रकार आशु सर्राफ सम्मानित

अभिलाष गुप्ता

वीरगंज, १५ मंसिर । दिवङ्गत पत्रकार नरेश सर्राफको सम्मानमा स्थापना गरिएको ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सोमबार आयोजित तेस्रो स्मृति सभाका अवसरमा पत्रकार आशु सर्राफलाई नगद २१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजक समितिले जानकारी दिएको छ।

सामाजवादी प्रेस संगठन नेपाल, जिल्ला कार्य समिति पर्साले आयोजना गरेको स्मृति सभामा वक्ताहरूले नरेश सर्राफले जीवनभर अंगालेको सत्यनिष्ठ, जनमुखी र जिम्मेवार पत्रकारिताको उच्च आदर्शको प्रशंसा गर्दै उनको योगदान आजका पत्रकारका लागि प्रेरणादायी रहेको उल्लेख गरे। उनीहरूको भनाइमा सर्राफले पछ्याएको पेशागत मूल्य, नैतिकता र समाजप्रतिको उत्तरदायित्वले पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई सही दिशा प्रदान गर्दै आएको छ।यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको सम्मानले निष्पक्ष, तथ्य–आधारित र जनहितमुखी पत्रकारितामा अझ ऊर्जा र उत्साह थप्ने विश्वास आयोजकहरूले व्यक्त गरे। समारोहमा पत्रकार, सरोकारवाला, विभिन्न सञ्चारकर्मी तथा स्व. नरेश सर्राफका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्मृतिमा स्थापना भएको यो पुरस्कारले पत्रकारितामा सक्रिय, प्रतिबद्ध र प्रभावकारी योगदान दिने पत्रकारहरूलाई निरन्तर सम्मानित र प्रोत्साहित गर्दै आएको सहभागीहरूको धारणा थियो।
कार्यक्रमले दिवङ्गत सर्राफको योगदान स्मरण गर्दै पत्रकारिता क्षेत्रमा सत्य, सेवा र पेशागत जिम्मेवारीको मार्गलाई अझ दृढ बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल