2 December ,2025,Tuesday

प्रेस काउन्सिल नेपालको आव २०७९/०८० को वर्गीकरण नतीजा सार्वजनिक

वीरगंज, १५ मंसिर ।  प्रेस काउन्सिल नेपालले आ.व. २०७९–०८० को पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतिजा सोमवार सार्वजनिक गरेको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व.२०७९।०८० को पत्रपत्रिका वर्गीकरण/मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको प्रेस काउन्सिल नेपालले जानकारी गराएको छ ।

काउन्सिलको वर्गीकरणमा परेका पत्रपत्रिका – ८२६ वटा, कागजात अपुग भइ स्थगन भएका पत्रपत्रिका – २२ वटा, हुबहु कायम भइ वर्गीकरणमा नपरेका पत्रपत्रिका ४७ वटा तथा  जम्मा आवेदन गर्ने पत्रपत्रिका – ८९४ वटा रहेको प्रेस काउन्सिल नेपालले जनाएको छ । त्यस्तै एउटा पत्रिका हुबहु र कागजात नपुगमा दुवैमा रहेको  काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलको वर्ग अनुसार ‘क’ वर्गमा वर्गीकृत – २०४ वटा, ख वर्गमा ४६२ वटा, ग वर्गमा १५४ वटा, घ वर्गमा ६ वटा गरी जम्मा ८२६ वटा पत्रपत्रिका वर्गीकरणमा परेको जनाएको छ ।

त्यस्तै स्तर अनुसार राष्ट्रिय वर्गमा   १४० वटा, प्रदेशस्तरमा १४२ वटा, स्थानीय ५४४ वटा गरी जम्मा ८२६ वटा पत्रिका वर्गीकरणमा परेका छन् ।

प्रकार अनुसार दैनिक १८२ वटा,  अर्धसाप्ताहिक ३ वटा, साप्ताहिक  ४७३ वटा, पाक्षिक १२ वटा, मासिक ७८ वटा, द्वैमासिक ४ वटा, त्रैमासिक ६ वटा, साहित्यिक ५६ वटा, भाषाभाषी – १२ वटा गरी जम्मा ८२६ वटा पत्रिका वर्गीकरणमा प्रेस काउन्सिल नेपालले जानकारी गराएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...