13 July ,2026,Monday

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत लागुऔषध जनचेतनामूलक कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १६ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा तथा आइडिएल बोर्डिङ स्कूलको सहकार्यमा लागुऔषध दुरुपयोग रोकथाम तथा जनचेतनामूलक कार्यक्रम आइडिएल बोर्डिङ स्कूलमा सम्पन्न गरिएको छ।

कार्यक्रममा शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयवासी तथा सामुदायिक प्रहरी प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो। सहभागीहरूलाई लागुऔषधको असर, जोखिम, कानुनी परिणाम, यसका सामाजिक प्रभाव र किशोर–किशोरीलाई लागुऔषधबाट जोगाउन परिवार तथा समुदायको भूमिकाबारे विस्तृत जानकारी दिइ्यो।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो।विशेष उपस्थितिमा वडा अध्यक्ष: रियाज मिया तेलि,वडा सदस्य: बसिर मिया,स्कूल निर्देशक: शौकत अली,प्रिन्सिपल: विकास राई लगाएतकाहरुको उपस्थिति रहेको थियोे।

उक्त वक्ताहरूले विद्यालयमै सुरु हुने सचेतनाले बालबालिकालाई गलत बाटोमा जानबाट जोगाउन ठूला प्रभाव पार्ने भन्दै निरन्तर जनचेतनामूलक गतिविधि आवश्यक रहेको धारणा व्यक्त गरे।कार्यक्रमको अन्त्यमा विद्यार्थी तथा अभिभावकलाई लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि देखिएमा तुरुन्तै सुरक्षा निकायलाई जानकारी गराउन र स्वस्थ एवं सुरक्षित समाज निर्माणमा हातेमालो गर्न आग्रह गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...