13 July ,2026,Monday

रक्सौलमा आरएसएस तथा साहित्यिक संस्थाका संस्थापक साहित्यकार स्व. चन्द्रेश्वर प्रसाद वर्माको प्रतिमा स्थापना गर्न साहित्यप्रेमीहरूको माग

रक्सौल/पूर्वी चम्पारण १६ मंसिर । भारत–नेपाल प्रवेशद्वार मानिने रक्सौलमा पछिल्ला वर्षहरूमा साहित्यिक गतिविधि निकै कम हुँदै गएको छ। यस रोकेको धारालाई पुनः चुस्त बनाउनका लागि यहाँका साहित्यप्रेमीहरूले आरएसएसका संस्थापक तथा प्रसिद्ध साहित्यकार, पत्रकार स्व. चन्द्रेश्वर प्रसाद वर्माको प्रतिमा स्थापना गर्न माग गरेका छन्।

स्व. वर्माको जन्म ५ जनवरी १९३९ मा रक्सौलमै भएको थियो। उनले रक्सौलको साहित्यिक वातावरण निर्माण गर्न, नयाँ प्रतिभालाई अघि ल्याउन र साहित्यिक संस्कृतिलाई जोगाइराख्न अमूल्य योगदान दिएका थिए। उहाँको निधनपछि रक्सौलमा साहित्यिक गतिविधि क्रमशः थिथिेे हुँदै गएको स्थानीयहरू बताउँछन्।

सादगी, समर्पण र साहित्यप्रतिको निष्ठा

तुमडिया टोल निवासी स्व. वर्मा सन् ६०–७० को दशकमा रक्सौलमा हिन्दी साहित्यका प्रमुख हस्ती मानिन्थे। धोती–कुर्ता, पानको गिलोरी, सरल जीवन–व्यवहार र तीखा नयन–नक्शका धनी वर्माको व्यक्तित्व सबैलाई आकर्षित गर्थ्यो।
उनको सरल भाषा–शैली र साहित्यप्रतिको प्रतिबद्धता उनको पत्रिका ‘अनलकण’ मा स्पष्ट झल्किन्थ्यो।शिक्षकदेखि राजनीतिसम्मको यात्रा

मोतिहारीको मुंशी सिंह कलेज र मुजफ्फरपुरको लंगट सिंह कलेजमा अध्ययनरत वर्मा आरएसएससँग घनिष्ठ रूपमा जोडिए। हिन्दु, हिन्दुत्व र हिन्दीप्रतिको मोहले प्रभावित वर्माले एम.ए. अध्ययनपछि मझौलियास्थित मोतीलाल उच्च माध्यमिक विद्यालयमा शिक्षक जीवन सुरु गरे।

सन् १९६५ मा उनले रक्सौलमा आरएसएसको स्थापना गरे। अटल बिहारी वाजपेयीप्रति उच्च श्रद्धा राख्दै उनका सुझावमा वर्माले सरकारी जागिर त्यागेर १९६७ मा जनसंघ पार्टीको ‘दीपक’ चिन्हमा पहिलो पटक विधानसभा चुनाव लडे। उनी ४ मतले पराजित भए। १९७२ मा पुनः चुनाव लड्दा ४० मतले हार मान्नुपर्यो।

राष्ट्रियता, समाज–सुधार र सांस्कृतिक जागरणका विषयमा उनका जोशीला भाषणहरू आज पनि धेरैलाई स्मरणीय छन्।

पत्रकारिता र साहित्यिक पत्रिकाको योगदान

राजनीतिबाट स्वास्थ्य समस्याका कारण पछि हटेपछि वर्मा आर्यावर्त हिन्दी दैनिकमा उप–सम्पादक बने। साथै, ‘मर्यादित सीमा’ तथा विभिन्न पत्र–पत्रिकामा राजनीतिक तथा सामाजिक टिप्पणी लेख्थे।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...