4 December ,2025,Thursday

वीरगंजमा सिटीनेट नेपाल नेशनल च्याप्टर (सीएन एनसी) को राष्ट्रिय बैठक सम्पन्न

वीरगंज, १८ मंसिर । देशभरका ६ वटा महानगरपालिका, उपमहानगर तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागीतामा वीरगंजमा सिटीनेट नेपाल नेशनल च्याप्टर (सीएन एनसी) को राष्ट्रिय बैठक सम्पन्न भएको छ।

बैठकको उदघाटन सिटिनेट नेपालका राष्ट्रिय अध्यक्ष तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

वीरगंज महानगरपालिकाले बिहीवार आयोजना गरेको बैठकमा शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा शहरहरूबीचको सहकार्य तथा आगामी वर्षका योजनाबारे विस्तृत छलफल गरिएको थियो ।

बैठकमा सहभागीहरूले सिटीनेट नेपाल च्याप्टरको आगामी साधारण सभा तथा महŒवपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनको तयारी र सहकार्यका लागि भावी दिशानिर्देशवारे छलफल गरेका थिए ।

   वीरगंज महानगरपालिकाको समन्वयमा विपद सम्बन्धी कोष स्थापना गर्ने निर्णय, नगरपालिका समुह दर्ता गर्ने, कार्ययोजना तयार पार्ने, विभिन्न सदस्य पालिकाहरूबीच सन्जाल दर्ता गर्ने, फोकल पर्संन तोक्ने, हरेक छ–छ महिनामा बैठक बस्ने, दर्ता प्रक्रिया शुरू गर्ने, सचिवालय दर्ता गर्ने, जेठ महिनामा ललितपुरको गोदावरी नगरपालिकाले बैठकको आयोजना गर्ने, सहजीकरणका लागि सानो ईकाईको समेत स्थापना गर्ने बैठकबाट निर्णय भएको वीरगंज महानगरका मेयर राजेशमान सिंहले जनाएका छन् ।बैठकमा प्राध्यापक आममोदनी दीक्षित र डा गणेश कुमार जिसीले यसको अवधारणा, आवश्यकता र कार्य सञ्चालनमा सिकाइ तथा अनुभवको प्रस्तुति दिएका थिए ।

एसिया–प्रशान्त क्षेत्रका विभिन्न शहरहरूको एक बलियो सञ्जालको रूपमा स्थापित सिटीनेटले नेपालमा पनि आफ्नो सक्रियता बढाएको छ। नेपालको सिटीनेट नेपाल राष्ट्रिय अध्याय मार्पmत यो संस्थाले स्थानीय सरकारहरूलाई दिगो विकास, विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ ।सिटीनेटमा एसिया भरी १०३ सदस्य रहेका छन् ।  १ लाख भन्दा बढी जनसंख्या रहेको वीरगंज महनगर पालिका, भरतपुर महनगरपालिका, ललितपुर महानगरपालिका, विराटनगर महानगरपालिका, पोखरा महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका गरी १६ वटा पालिका आबद्ध छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...