4 December ,2025,Thursday

समाजसेवी बिमल कुमार सर्राफकी सुपुत्री आयु. आकांक्षा तथा चि. अक्षतको वैवाहिक समारोह हर्षोल्लासपूर्वक सम्पन्न

रक्सौल । धार्मिक, सामाजिक तथा सेवामूलक गतिविधिमा महत्वपूर्ण भूमिका निभाउँदै आएका लायन्स क्लब अफ रक्सौलका अध्यक्ष समाजसेवी बिमल कुमार सर्राफ तथा पूनम सर्राफकी एकलौती सुपुत्री आयु. आकांक्षा सर्राफ (CA) तथा चि. अक्षतको वैवाहिक समारोह वैदिक विधिअनुसार, शहनाईको मधुर धून र ढोलकको तालबीच पं. जयभगवान शर्माका संयोजनमा सम्पन्न भएको छ। वैवाहिक मण्डपमा अग्निलाई साक्षी राखी वधू–वरले सप्तपदी लिएर वैवाहिक जीवनमा प्रवेश गरेका हुन्।

शुभविवाहको अघिल्ला दिनमा वीरगंज स्थित होटल क्लार्कमा आयोजित मेहन्दी, संगीत तथा पूजा अनुष्ठानमा सर्राफ परिवारका दाजुभाइ, दिदीबहिनी, नातेदार, इष्टमित्र तथा शुभचिन्तकहरूको उपस्थिति रहँदा कार्यक्रम अत्यन्तै स्मरणीय बनेको थियो।

मुख्य अतिथिहरूको सहभागिता
वैवाहिक समारोहमा नेपाल प्रहरी परसा जिल्लाका प्रहरी उपरीक्षक सुदीप पाठक, सशस्त्र प्रहरी बल नेपाल, परसा गण प्रमुख पूर्ण भट्ट, रक्सौलका अवर निबन्धक आशीष अग्रवाल, बिहार सरकारका न्यायाधीश रौशन छापोलिया, तथा चनपटिया क्षेत्रका पूर्व विधायक प्रकाश राय उपस्थित रहे । उनीहरूले परिवारलाई शुभविवाहमा सहभागी गराएकोमा धन्यवाद व्यक्त गर्दै नवविवाहित दम्पतीको सुखमय वैवाहिक जीवनको कामना गरे ।परिवार र नातेदारहरूको सक्रियता
वर–वधू तथा पाहुनाहरूको स्वागत आदरपूर्वक
बडा भाई आनन्द सर्राफ, कमल सर्राफ, कान्छो भाई राजकुमार सर्राफ, समधी अजय हिसारिया,
बहिनी–बहिनाहरू वीणा, मञ्जू, अनीता, अदिति, परिवारजन दीपक सर्राफ, अनमोल, आकाश, पल्लव, शिवम, हर्षित, बेबी सर्राफ, मधु सर्राफ, सुशीला सर्राफ, श्वेता सर्राफ, रुचिका सर्राफ तथा पारिवारिक मित्र अरविन्द सर्राफ, रितेश, निर्मल सिंघानिया लगायतले गरे।

शुभेच्छुकहरूको उपस्थिति
बेतिया तथा आसपास क्षेत्रबाट उमेश राय, अशोक कनोडिया, सामाजिक क्षेत्रकी सक्रिय व्यक्तित्व तथा लायन्स क्लब अफ सेस्मी एकेडेमी बीरगन्जकी अध्यक्ष पिया सिंह,रक्सौल जिल्ला भाजपा महिला मोर्चाकी महामन्त्री पार्वती तिवारी,निक्की बीरगन्जका अध्यक्ष अभिषेक चौधरी लगायत इष्टमित्रहरू कार्यक्रममा उपस्थित रहे।

त्यसैगरी बाल्यकालका साथीहरू सञ्जय राय, अब्दुल्ला अन्सारी, सुनिल कुमार,राजकुमार सिरिल, राजेश तिवारी, सतीश श्रीवास्तव, सतीश चतुर्वेदी पनि विवाह समारोहमा उपस्थित भई आशीर्वाद प्रदान गरे।

लायन्स क्लब अफ रक्सौलका गणेश धानोठिया, शम्भु चौधरी, सञ्जय गुप्ता, पवनकिशोर कुशवाहा, मो. निजामुद्दीन, अमित कुमार, आमोद कुमार, विजय कुमार,डा. प्रदीप कुमार, डा. एस. के. सिंह, तथा बावल परिवारसहित उपस्थित रहे।

समारोहमा सहभागी सबै पाहुनाले नवदम्पतीको उज्ज्वल भविष्य, सुसंस्कृत गृहस्थ जीवन र पारिवारिक समृद्धिको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...