3 October ,2024,Thursday

विश्व जेष्ठ नागरिक दुव्र्यवहारविरुद्ध जागरुकता दिवसको अवसरमा आँखा जाँच शिविर

वीरगंज, ३२ जेठ । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले विश्व जेष्ठ नागरिक दुव्र्यहार जागरूकता दिवसको अवसरमा निश्शुल्क आँखा जाँच शिविर बिहीवार सम्पन्न गरेको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी आदर्शनगर,वीरगंज पर्सा र ग्रिनसिटी सामुदायिक प्रहरी केन्द्र आदर्शनगर पर्सा र सामुदायिक आँखा हस्पिटल वीरगंज पर्साको सयुक्त आयोजनामा विश्व जेष्ठ नागरिक दुव्र्यहार जागरूपकता दिवसको उपलक्ष्यमा जेष्ठ नागरिक र स्थानीयहरूलाइ निशुल्क आँखा स्वास्थ्य शिविर मनाएको छ।
उक्त निशुल्क आँखा स्वास्थ्य शिविरमा महिला ७५ जना र पुरूष १५० जना गरि जम्मा २२५ जनाले जेष्ठ नागरिक तथा स्थानीयहरूलाई निशुल्क आँखा जाँच गरि निशुल्क औषधि दिएको थियो।
उक्त कार्यक्रममा प्रहरी चौकी आदर्शनगर पर्साका प्र.ना.नि.सत्य प्रकाश त्रिपाठीको अध्यक्षतामा तथा ग्रिनसिटि समुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान प्रमुखलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...