13 July ,2026,Monday

पर्सा जिल्लाको सुहपुरमा निशुल्क आँखा शिविर सम्पन्न १४७ जना लाभान्वित ३१ जनामा मोतियाविन्द रोग फेला

अभिलाष गुप्ता

वीरगंज, २३ मंसिर । सोमवार जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित जनमत पार्टी कार्यालयको ग्राउण्डमा आयोजित निशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ। जनमत पार्टीको आयोजना तथा सामुदायिक आँखा केन्द्र वीरगंजको प्राविधिक सहयोगमा सम्पन्न शिविरको नेतृत्व समाजसेवी बृजेश्वर प्रसाद चौधरीले गर्नुभएको थियो ।

शिविरमा आँखा परीक्षण गरिएका सेवाग्राहीमध्ये कुल १४७ जना लाभान्वित भएका छन्। परीक्षणका क्रममा ३१ जनामा मोतियाविन्दको लक्षण भेटिएको छ भने २३ जनालाई निशुल्क आँखा ड्रप वितरण गरिएको शिविरका संयोजक राजेश चौधरीले जानकारी गराए ।

मोतियाविन्द देखिएका बिरामीहरूको आउँदो बुधबार (२४ गते) वीरगंजमा निशुल्क शल्यक्रिया गरिने पनि चौधरीले बताए ।

स्थानीय बासिन्दाहरूले यस्तो स्वास्थ्य–केंद्रित सेवा आउँदा समुदायलाई ठूलो राहत भएको टिप्पणी गरेका छन् । समाजसेवी बृजेश्वर प्रसाद चौधरीका भनाई अनुसार आउने दिनमा पनि निरन्तर यस्तो किसिमका आयोजना एवं सेवाहरु गर्दै जाने वाचा समेत गर्नु भयो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...