13 July ,2026,Monday

वीरगंजमा संयुक्त बजार अनुगमन : तीन पाउरोटी उद्योगबाट म्याद गुज्रिएका खाद्यसामग्री जफत र नष्ट

अभिलाष गुप्ता

वीरगंज, २३ मंसिर । वीरगंज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमको संयोजकत्व मा आज संयुक्त बजार अनुगमन टोलीले वीरगंजका विभिन्न पाउरोटी तथा बेकरी उद्योगहरू मा अनुगमन गरेको छ । अनुगमन टोलीले पानीटन्की–८ स्थित शत्तिमान बेकरी एण्ड फुड प्रोडक्ट्स, श्रीपुर–११ रानिघाट स्थित शिला बेकरी उद्योग, तथा त्यसै स्थानमा रहेको लक्की पाउरोटी उद्योगमा पुगेका थिए ।

अनुगमनका क्रममा सफाइको अभाव, मूल्य सूची नटाँगिएको, व्यवसाय दर्ता प्रमाणपत्र नदेखिएको, साथै म्याद गुज्रिएका पाउरोटी, पप, डोनट, बम पाउरोटी, सानो केक, बर्फी लगायतका सामग्री भेटिएको कारण ती खाद्य सामग्री जफत गरी नष्ट गरिएको टोलीले जनाएको छ ।त्यसैगरी, केही उद्योगहरूले वीरगंज महानगरपालिकाबाट व्यवसाय दर्ता नगरेको तथा केहीको दर्ता नवीकरण नभएको पाइएकाले ७ दिनभित्र महानगरपालिकाको कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका अजित भुजेल, वीरगंज महानगर पालिकाका खाद्य अनुसन्धान अधिकृत बिभा मिश्रा, नेहा मिश्रा, सञ्जय महतो, मनोज कुमार दास लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...