11 December ,2025,Thursday

डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलको ३२ औँ वार्षिक दिवस ‘उल्लास’ सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २४ मंसिर । डी.ए.भी. रुक्मिणी बनारसी केडिया स्कुलले दिवंगत शङ्करलाल केडियाको ९० औँ जन्म–जयन्तीको अवसरमा आयोजना गरिएको ‘उल्लास’ ३२औँ वार्षिक दिवस समारोह बुधबार साँस्कृतिक वातावरणका बीच भव्य रूपमा सम्पन्न भएको छ ।

समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य रहेका थिए । स्कुलका प्रिन्सिपल राकेश मिश्राको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारी, अभिभावक, समाजसेवी तथा उद्योगी–व्यापारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. शाक्यले भने विद्यालयहरूले ज्ञान मात्र होइन, मानवीय मूल्य, अनुशासन र संस्कार प्रदान गर्छन्। विद्यार्थीको प्रतिभा उजागर हुने माध्यम यस्ता सांस्कृतिक कार्यक्रम अत्यन्त महत्वपूर्ण छन् । डी.ए.भी. स्कुलले निरन्तर गुणस्तरीय शिक्षा र संस्कारयुक्त वातावरण प्रस्तुत गर्दै आएको छ जसको प्रशंसा योग्य छ।उहाँले छात्र–छात्राहरूको प्रस्तुति प्रशंसनीय रहेको उल्लेख गर्दै विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक तथा विद्यार्थीलाई बधाई पनि दिए ।

उक्त समारोहमा विशिष्ट अतिथिका रूपमा वीरगंज उद्योग वाणिज्य संघ पर्साका उपाध्यक्ष माधव राजपाल,पूर्व अध्यक्ष गणेश लाठ, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी,प्याब्सन केन्द्रीय सदस्य छेडुप लामा, केडिया आँखा अस्पतालका प्रशासन प्रमुख प्रकाश बर्मा, समाजसेवी पशुपति विक्रम शाह, उषा देवी शाह, रमेश केडिया, स्कुलका अध्यक्ष तारा चन्द्र केडिया उपस्थित रहे । उनीहरू सबैले डी.ए.भी. स्कुलको शैक्षिक योगदान, अनुशासन, सांस्कृतिक सक्रियता तथा समुदायमा गरेको सेवाको प्रशंसा गरे ।

कार्यक्रममा विद्यार्थीका आकर्षक प्रस्तुति समारोहमा विद्यार्थीहरूले गायन,नाटक, नृत्य, थिमेटिक सांस्कृतिक झाँकी,देशभक्तिपूर्ण प्रस्तुति,लगायतका कार्यक्रम पेश गरेका थिए।विद्यार्थीको प्रस्तुति, समन्वय र अनुशासनले दर्शक तथा अभिभावकको मन जितेको थियो ।

कार्यक्रममा उपस्थित सबै विशिष्ट तथा प्रमुख अतिथिहरूलाई आयोजक विद्यालयले खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो । विद्यालय परिवारले दिवंगत शङ्करलाल केडियाको स्कुल स्थापना तथा शिक्षा क्षेत्रमा गरेको योगदान सम्झँदै श्रद्धाञ्जली अर्पण पनि गरेको थियो ।

 

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।