12 December ,2025,Friday

नापी कार्यालयका पर्साका सर्वेक्षक र कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

पर्सा, २६ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगको टोलीले गत मङ्सिर २ गते दुवै जनालाई रु एक लाख घुुस÷रिसवतसहित पक्राउ गरेको थियो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले अनुसन्धानको सिलसिलामा नापी कार्यालयका सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्याय समेतको आपसी मिलेमतोमा तथा योजनामा वीरगञ्ज महानगर–२५ स्थित कित्ता नम्बर ५५ क्षेत्रफल ०००६४ वर्गमिटर जग्गा छुट जग्गा दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु एक लाख घुस माग गरी लिएको स्थापित भएको भन्दै भ्रष्टाचारको कसुरमा आरोपपत्र दायर गरेको जानकारी दिनुभयो ।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।