spot_img

17 February ,2026,Tuesday

प्रतिमा चोकबाट ७६ हजार १७० ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ

अभिलाष गुप्ता

वीरगंज, २६ मंसिर । वीरगंज पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामाडोल क्याप्सुल ७६ हजार १ सय ७० पिससहित चार जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका–२४ स्थित प्रतिमा चोकमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले शुक्रबार पत्रकार सम्मेलन मार्फत घटना सार्वजनिक गर्दै बरामद गरिएको ठूलो परिमाणको लागुऔषधबारे विस्तृत जानकारी दिए । उनका अनुसार सवारी जाँचका क्रममा रोकिएको बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको गाडीमा झोलाभित्र लुकाइएका क्याप्सुल फेला पारेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

एसपी पाठकका अनुसार पक्राउ परेकाहरू केही समयदेखि अवैध रूपमा लागुऔषध ओसारपसारमा संलग्न रहेको गोप्य सूचनाका आधारमा निगरानीमै राखिएको थियो । पक्राउ पर्नेहरूमा वीरगंज –२४ का युवराज पटेल र अफजल देवान, तथा धादिङका रामहरि मगर र राजकुमार मगराती रहेका छन् ।

घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद समेत लिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल