14 December ,2025,Sunday

जनमत पार्टी प्रति युवाहरुको क्रेज निरन्तर बढदै

अभिलाष गुप्ता

वीरगंज, २७ मंसीर । पर्सा क्षेत्र नम्बर -१ वीरगंज महानगरपालिका वडा नम्बर -१८ सौरहामा करिब ५० जना युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । उक्त भेला द्वारा स्थानीय अगुवा अशोक कु. कानुको अध्यक्षतामा बुथ कमिटि र स्थानीय प्रभावशाली युवा अभय शर्माको अध्यक्षतामा बुथ स्तरीय युवा दस्ता गठन गरिएको छ ।कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, वीरगन्ज महानगर उपाध्यक्ष निराजन कुशवाहा, युवा दस्ता र जेन्जि जनमत संघका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोषण पान्डे, युवा दस्ताका महानगर संयोजक अजित सिह, युवा दस्ताका आशु सिह, सुमित सिह मन्जय शर्मा लगायतको उपस्थित रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सरार्फले भने अबको नेतृत्व युवा पुस्तामा पुस्तातरन हुनु पर्ने र वडा देखि प्रतिनिधि सभा सम्म युवाहरु जनप्रतिनिधि भएर देश र समाजको नेतृत्व लिनु पर्नेमा जोड दिए । जहाँ भ्रस्टाचार, अनियमितता एवं जनताको काममा हेलचक्रयाई भए त्यहाँ युवा दस्ता २४ औं घन्टा स्वयंसेवकको रुपमा सहयोग गर्न र खबरदारी गर्न तत्पर हुने बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।