13 July ,2026,Monday

प्याब्सन वीरगंजद्वारा दोस्रो ‘गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ सुरु

अभिलाष गुप्ता

वीरगंज, ०२ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजना मा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट ’ आजदेखि वीरगंजको आदर्शनगर रङ्गशालामा सुरु भएको छ ।

आदर्शनगर रङ्गशालामा आयोजित प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वीरगंज महानगर पालिकाका मेयर राजेशमान सिंहले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले भने पढाइसँगै खेलकुदलाई समान महत्व दिन सकेमा अनुशासित, आत्मविश्वासी र सक्षम नागरिक तयार गर्न सकिन्छ । बालिका तथा जुनियर तहका विद्यार्थीलाई लक्षित यस्ता प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुर्‍याउँछ। मेयर सिंहले वीरगंज महानगरपालिका खेलकुद प्रवर्द्धनका लागि सधैं सहयोगी रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन प्याब्सन वीरगंजका सचिव अमित आलोकले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शर्मानन्द कुशवाहले प्रस्तुत गरेका थिए । प्रतियोगितामा वीरगंजका ३६ वटा प्याब्सन सदस्य विद्यालयका टिमहरूको सहभागिता रहेको छ । जसअनुसार ३३६ जना छात्रा र ४३४ जना जुनियर छात्र गरी कुल ७७० जना खेलाडीले प्रत्यक्ष सहभागिता जनाइ रहेका छन्  ।

प्याब्सन वीरगंजका सचिव अमित आलोकले प्रतियोगिताको मुख्य उद्देश्य महिला क्रिकेटलाई प्रोत्साहन गर्नुका साथै सानै उमेरदेखि बालबालिकालाई खेलकुदमा संलग्न गराई उनीहरूको सर्वाङ्गीण विकास गर्नु रहेको बताए ।

प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत अर्बिन्द लाल कर्ण, शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने, नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, प्याब्सन वीरगंजका वरिष्ठ उपाध्यक्ष सुशिला साह तथा सल्लाहकार हरू अशोक सङौला, आलोक चौरसिया र विजय बलको उपस्थिति रहेको थियो ।

विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउने, अनुशासन, नेतृत्व क्षमता, आपसी सहयोग र टिमवर्कको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...