13 July ,2026,Monday

कल्पना सुन्दर, वास्तविकता कडुवा हुन्छ : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण  ०३ पुस ।  लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, मिडिया प्रभारी तथा सामाजिक कार्यकर्ता लायन बिमल सर्राफले कल्पना सुन्दर हुन्छ तर त्यसलाई जिउन सकिँदैन, जबकि वास्तविकता कडुवा हुन्छ तर त्यसलाई छोड्न सकिँदैन भन्ने विचार व्यक्त गरेका छन् । उनले जीवनका विविध पक्षबारे विचार राख्दै शब्द पनि भोजनजस्तै हुने बताए—यदि आफैँलाई मन नपरेका शब्द अरूलाई पनि नपस्किनु उपयुक्त हुन्छ ।

उनका अनुसार जीवनको सत्य बुझ्ने यात्रा अन्ततः ईश्वरतर्फ पुग्छ। सास रोकिनु मात्रै मृत्यु होइन, गलतलाई गलत भन्न सक्ने नैतिकता गुमाउनु पनि एक प्रकारको मृत्यु हो । कठिनाइ आउनु जीवनको अंश हो र मुस्कुराउँदै ती कठिनाइ पार गर्नु जीवनको कला हो ।

लायन सर्राफले विनम्रतालाई सबैभन्दा ठूलो सुन्दरता भन्दै धन र रूप समयसँगै परिवर्तन हुने बताए । अहंकार भएमा व्यक्तिलाई नष्ट गर्न शत्रु आवश्यक पर्दैन, आफैँ नै पर्याप्त हुन्छ। मानिसलाई उनका व्यवहारबाट बुझ्न सिक्नुपर्छ, किनकि शब्दले कहिलेकाहीँ भ्रमित बनाउन सक्छन् । भविष्य त्यस्तो वस्तु होइन जहाँ हामी प्रवेश गर्छौं, भविष्य त हामी आफैँले निर्माण गर्ने कुरा हो ।

अन्त्यमा सम्बन्धबारे सन्देश दिँदै उनले भने—क्रोधको हथौडाको साटो प्रेमको चाबी प्रयोग गरी सम्बन्धका ताला खोल्ने प्रयास गर्नुपर्छ, किनकि चाबीले खोलिएको ताला बारम्बार काम लाग्छ । साभार : डा. हरिमंगल प्रसाद

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...