अभिलाष गुप्ता
वीरगंज, ४ पुस । वीरगंज कपडा बैंकद्वारा घण्टाघरमा निःशुल्क कपडा वितरण कपडा बैंकले शुक्रबार वीरगंजको घण्टाघरमा निःशुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले आइतबारदेखि शुक्रबारसम्म दैनिक बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म वीरगन्ज–८ स्थित आफ्नै कार्यालयबाट गरिब तथा असहाय व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आइरहेको छ ।
शुक्रबार घण्टाघरमा आयोजित कार्यक्रममा नयाँ तथा प्रयोगयोग्य गरी करिब १,१५० थान कपडा वितरण गरिएको जानकारी बैंकका सचिव कन्हैया पटेलले दिनुभयो।
कार्यक्रम वीरगंज कपडा बैंकद्वारा घण्टाघरमा निःशुल्क कपडा वितरण कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका संरक्षक तथा वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी प्रमुख अतिथिका रूपमा तथा बैंकका सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, सदस्य राहुल गुप्ता, अधिवक्ताहरू विनोद प्रसाद कुर्मी र आशुतोष तिवारी, समाजसेवी हुकुम सिंह, आइज नेपाल पर्साकी कोषाध्यक्ष रुपशिला जैसवाल, संस्थाका सल्लाहकार श्रवणबहादुर रायमाझी, सदस्यहरू नीला कुमारी राम, जानकी देवी, सञ्जय मण्डल, नवराज भट्टराई, केदार गुप्ता, अभिलाष गुप्ता, सुमित राज गुप्तालगायत पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मीले “जो सँग धेरै कपडा छ, हामीलाई दिएर जानुहोस्, र जसलाई आवश्यक छ, निःशुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै वीरगन्ज कपडा बैंकले विगत ७ वर्षदेखि निरन्तर सेवा गर्दै आएको बताउनुभयो । उहाँले बैंकले आगलागी, बाढी, शीतलहर, चिसो यामजस्ता विपत्तिका समयमा पीडितहरूको घर–आँगनमै पुगेर लत्ताकपडासहित अन्य सामग्री सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। साथै, मानवता मजबुत बनाउन सबैले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने बानी बसाल्न आग्रह गर्नुभयो ।
विशिष्ट अतिथि अधिवक्ता गुप्ताले दिनदुखी तथा असहायको सेवा–सहयोग सबैको साझा प्रयासबाट सम्भव हुने भन्दै, आ–आफ्नो स्थानबाट सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । साथै, वीरगंज कपडा बैंकको मानवतामूलक अभियानमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष लालबाबू सिंहले कपडा बैंकको सेवामूलक अभियानमा सहयोग पुर्याउने सम्पूर्ण मानवताप्रेमी दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।



