13 July ,2026,Monday

नेपाल जनता पार्टीको क्षेत्रिय समिति गठन,अध्यक्षमा मुना कुर्मी

अभिलाष गुप्ता

वीरगंज ०५ पौष । नेपाल जनता पार्टी पर्सा जिल्ला क्षेत्र नं ४ को आज एक कार्यक्रमका बिच क्षेत्रिय समिति घोषणा गरिएको छ। क्षेत्रीय समितीको अध्यक्षमा मुना प्रसाद कुर्मी, उपाध्यक्ष मिलन चौरसिया, महामन्त्री प्रमिन्द्र पटेल,मंत्री बलिराम साह कानु सनातनी, प्रवक्ता राजन कुशवाहा, क्षेत्रीय कार्य समिती सदस्यहरू सम्पत कुशवाहा, निरज पटेल, गोपाल साह, लालबाबु साह, दिपु श्रीवास्तव, दीपेन्द्र कुशवाह, जंगबहादुर चौरसिया, मोनु साह कानु, रवीन्द्र पटेल, महेश कुर्मी, हरमुल होदा, नन्दलाल महतो, दिपु तिवारी, नरेश कुशवाहा, मदन महतो सहित २५ सदस्य गठन भएको छ। नेपाल जनता पार्टी सनातन हिन्दू राष्ट्र नेपाल स्थापना हेतु संघर्षरत पार्टी हो । नेजपाले सनातन हिन्दू धर्म रक्षा एवं हिन्दू राष्ट्रको लागी कार्य गर्नु हुने सम्पूर्ण प्रति उच्च सम्मान व्यक्त गर्दछ ।

धोबनी गाउँपालिका वडा नं.३ हरिहरपुर मठमा भएको क्षेत्रिय समिति गठन कार्यक्रममा नेपाल जनता पार्टीको केन्द्रीय वरिष्ठ नेता संतोष पटेल, संगठन महामन्त्री ई. राजिनन्द चौधरी, केन्द्रिय सदस्यहरु सुरेश साह कानु, अधिवक्ता विनोद प्रसाद कुर्मी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, महामन्त्री नवीन मिश्रा, कोषाध्यक्ष राजेश कलवार, सह- कोषाध्यक्ष संतोष कुशवाहा, जिल्ला सदस्यहरु पियस गुप्ता, सुमन्त कुमार द्वीप, महिलानेतृ उषा श्रीवास्तव, धोबनी गाउँपालिका वडा नं ३ हरिहरपुर समिती अध्यक्ष राजकुमार तिवारी सहभागी रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...