21 December ,2025,Sunday

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाको विरोधमा वीरगंजमा प्रदर्शन

वीरगंज, ०५ पुस । बंगलादेशमा अल्पसंख्यक हिन्दुमाथि भइरहेको दमन, हत्या तथा हिंसाको विरोधमा शनिबार वीरगंजमा विभिन्न हिन्दुवादी संघ–संस्थाहरूले विरोध प्रदर्शन गरेका छन् ।

वीरगंजका  एतिहासिक माइस्थान मन्दिर परिसरबाट सुरु भएको विरोध जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा सहभागी वक्ताहरूले बंगलादेश सरकारको कडा आलोचना गर्दै अल्प संख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न माग गरे ।

प्रदर्शनका क्रममा सहभागीहरूले बंगलादेशमा हिन्दु समुदायमाथि भइरहेको हिंसाविरुद्ध आक्रोशपूर्ण नारा लगाएका थिए । सोही क्रममा केही प्रदर्शनकारीहरूले प्रतीकात्मक विरोधस्वरूप बंगलादेशको राष्ट्रिय झण्डा जलाएका थिए ।

संभावित झडप वा अप्रिय घटनालाई मध्यनजर गर्दै पर्सा प्रहरीले वीरगंजकाे मुख्य चोक तथा संवेदनशील स्थानहरूमा व्यापक सुरक्षाकर्मी परिचालन गर्दै उच्च सतर्कता अपनाएको थियो ।

कोणसभालाई सम्बोधन गर्ने वक्ताहरूले कुनै पनि देशमा अल्पसंख्यक भएकै आधारमा गरिने हिंसा अमानवीय र निन्दनीय भएको बताए। उनीहरूले यस्ता घटनाले सामाजिक सद्भाव र मानवअधिकारको मूल्यलाई गम्भीर रूपमा क्षति पुर्‍याउने चेतावनी दिए ।

प्रदर्शनकारीहरूले बंगलादेश सरकारसँग त्यहाँ रहेका अल्पसंख्यक हिन्दुहरूको जिउधनको सुरक्षा गर्न, दोषीमाथि कारबाही गर्न तथा हिंसात्मक गतिविधि तत्काल रोक्न माग गरेका छन् । साथै, अन्तर्राष्ट्रिय समुदायलाई पनि बंगलादेशमा भइरहेको मानव अधिकार उल्लंघनप्रति गम्भीर ध्यान दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल