21 December ,2025,Sunday

२४० किलो चरेश लोड भएको ट्रकसहित दुईजना पक्राउ

वीरगंज, ६ पुस ।  २४० किलो लागू औषध चरेश सहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
सूचनाको आधारमा पुस ५ गते सांझ ७ः३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर ढाँट स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा मकवानपुरबाट वीरगंज आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकबाट लागूऔषध चरेस जस्तो देखिने वस्तु २४० किलो बरामद भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी गराएका छन् ।
ट्रकको क्याबीनको माथि फल्स बनाई लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ २४० के.जी. फेला परेपछि ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं.११ बस्ने वर्ष २९ को सरोज मोक्तान र सोही ठाउँ बस्ने वर्ष २१ को नवराज लोलाई पक्राउ गरी  अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल