21 December ,2025,Sunday

वीरगंजमा अटो रिक्सा तथा टाँगा चालकसँग सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ६ पुस । वीरगंजमा अटो रिक्सा तथा टाँगा चालकहरूसँग सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति–सुरक्षा मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा चालकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गण बिरगञ्जका एसपी पुरन चन्द भट्टले सीमा सुरक्षा सुदृढ गर्न स्थानीय नागरिक, विशेषगरी अटो रिक्सा तथा टाँगा चालकहरूको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले चालकहरू दैनिक रूपमा सीमा क्षेत्रमा आवतजावत गर्ने भएकाले कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्त सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
त्यसैगरी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले सुरक्षा निकाय र नागरिकबीच आपसी विश्वास र सहकार्य बढाउन यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो। उहाँले समुदायको सक्रिय सहभागिताले मात्र दिगो शान्ति र सुरक्षा सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगंज भन्सारका डिएसपी पुरुसोतम भण्डारीको उपस्थिति रहेको थियो । साथै सञ्चारकर्मी अभिलाष गुप्ता तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा करिब १०० जना भन्दा बढी अटो रिक्सा तथा टाँगा चालकहरूको सहभागिता रहेको थियो । सहभागी चालकहरूले सीमा सुरक्षासँग सम्बन्धित विभिन्न जिज्ञासा राख्दै सुरक्षा निकायसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको भन्दै कार्यक्रमलाई उपयोगी र समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल