22 December ,2025,Monday

भारतमा सम्पन्न अन्तर्राष्ट्रिय टायक्वान्डो प्रतियोगितामा सनराइज डोजाङ्गका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

अभिलाष गुप्ता

वीरगंज, ६ पुस । भारतको कालीपुङ्गमा हालै सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय टायक्वान्डो प्रतियोगितामा नेपालबाट सहभागी भएका वीरगंजस्थित सनराइज टायक्वान्डो डोजाङ्गका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् ।

प्रतियोगितामा सहभागी चार खेलाडीमध्ये तीन जनाले स्वर्ण पदक जित्न सफल भएका छन् भने एक खेलाडीले तृतीय स्थान (कांस्य पदक) हासिल गरेका छन् ।अन्तर्राष्ट्रिय स्तरका विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा सनराइज टायक्वान्डो डोजाङ्गका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको मात्र नभई पर्सा जिल्लाको खेल क्षेत्रमा समेत गौरव बढाएका छन् ।

प्रतियोगिताको समापन समारोहमा भारत टायक्वान्डो फेडेरेसनका जनरल सेक्रेटरी स्वयं उपस्थित भई रञ्जितकार, स्वास्तिक श्रेष्ठ र सिवान्स गुप्ता लगायत स्वर्ण पदक विजेताहरूलाई स्वर्ण पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

डोजाङ्गका प्रमुख प्रशिक्षक राजेन्द्र साहीका अनुसार खेलाडीहरूको यो सफलता निरन्तर अभ्यास, अनुशासन र कडा मेहनतको परिणाम हो । उनले भविष्यमा अझ ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत डोजाङ्गका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
यस उपलब्धिले स्थानीय खेलाडीहरूमा थप उत्साह र प्रेरणा बढाएको छ भने टायक्वान्डो खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल