अभिलाष गुप्ता
वीरगंज, ०९ पुस । वीरगंज महानगरपालिका–आदर्शनगरस्थित पुरानो बसपार्क नजिक, दयालु लड्स होटलको अपोजिटमा ‘फ्राइबक्स’ नामक नयाँ दक्षिण भारतीय परिकारको पसलको आज भव्य रूपमा शुभ उद्घाटन सम्पन्न भएको छ ।
पसलको उद्घाटन वीरगंजका जल्दाबल्दा युवा नेता सुधिर पटेलले रिबन काटेर गर्नुभएको हो । उद्घाटन समारोहमा स्थानीय युवा, व्यापारी, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले नयाँ स्वाद र सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै सञ्चालक टिमलाई सफलताको शुभकामना दिएका थिए । पसलका सञ्चालक सौरभ गुप्ताका अनुसार ‘फ्राइबक्स’मा दक्षिण भारतीय परिकार (South Indian Delights) अन्तर्गतका सबै प्रकारका डोसा, चिकेन डोसा,उत्तपम लगायतका लोकप्रिय दक्षिण भारतीय खानाका परिकारहरू एकै स्थानमा उपलब्ध हुनेछन् । उहाँका अनुसार यहाँ उपलब्ध सबै परिकारहरू स्वादिला, स्वच्छ तथा गुणस्तरीय हुनेछन् ।
ग्राहकको स्वास्थ्य र स्वादलाई विशेष प्राथमिकतामा राख्दै सामग्रीको छनोटदेखि पकाउने प्रक्रियासम्म उच्च मापदण्ड अपनाइने सौरभ गुप्ताले बताउनुभयो । साथै, उचित मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित ‘फ्राइबक्स’ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।
स्थानीय क्षेत्रमा नयाँ स्वाद र फरक खानाको विकल्प थपिने अपेक्षासहित सुरु गरिएको ‘फ्राइबक्स’ले दक्षिण भारतीय खानाका पारखीहरू मात्र होइन, नयाँ स्वाद खोज्ने ग्राहकहरूलाई समेत आकर्षित गर्ने विश्वास लिइएको छ ।



