25 December ,2025,Thursday

ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलद्वारा आमाको माया छात्रावासका बालबालिकालाई जाडोयाम लक्षित सहयोग

अभिलाष गुप्ता

वीरगंज, १० पुस । वीरगंज जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास, वीरगंजमा आश्रित बालबालिकाहरूलाई जाडोयाममा न्यानो र स्वास्थ्यकर रूपमा गरम पानी सेवन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलले १० थान थर्मस (Thermos) सहयोग प्रदान गरेको छ ।

ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलकी अध्यक्ष नाभ्या खेतानका अनुसार क्लबका विद्यार्थीहरूले आफ्नै खाजाको पैसा बचत गरेर उक्त सामग्री खरिद गरी सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेका हुन्। “सानो–सानो योगदानले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश दिन हामीले यो पहल गरेका हौँ,” अध्यक्ष खेतानले बताइन् ।

सहयोग हस्तान्तरण कार्यक्रम ईन्टरएक्ट क्लब अफ डिएभी स्कुलकी अध्यक्ष नाभ्या खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई रहेका थिए । विशिष्ट अतिथिमा प्रकाश कर्ण तथा सञ्चारकर्मी अभिलाष गुप्ताको उपस्थिति रहेको थियो । साथै क्लबका पूर्व अध्यक्ष ओम द्विवेदी, मोहित मित्रुका, जेसिका यादव, रिपु राउत, एम.डी. साहिल, रिशान्त कुमार सिंहलगायत क्लबका सदस्यहरू तथा आमाको माया छात्रावासका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईले विद्यार्थीहरूले सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय हुनु प्रशंसनीय रहेको बताउँदै भने ईन्टरएक्ट क्लबका विद्यार्थीहरूले देखाएको यो संवेदनशीलता र सेवाभाव वास्तवमै अनुकरणीय छ । यस्ता कार्यले समाजमा सकारात्मक सोच विकास गर्नुका साथै बालबालिकामा जिम्मेवारीबोध र मानवता सिकाउने काम गर्छ । 

त्यसैगरी विशिष्ट अतिथि प्रकाश कर्णले आउने एक हप्ताभित्र छात्रावासमा रहेका बाँकी १६ जना विद्यार्थीहरूका लागि १६ थान थर्मस सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका अवसरमा बालबालिकाहरूलाई मोजा समेत वितरण गरिएको थियो। साथै केक काटेर सबै विद्यार्थीहरूलाई खुवाइँदा कार्यक्रम थप उत्साहपूर्ण बनेको थियो । कार्यक्रम धुमधामका साथ, आत्मीय र खुशीपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल