spot_img

16 February ,2026,Monday

प्याब्सन टी–10 गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिताको नवौँ दिन चार खेल सम्पन्न

अभिलाष गुप्ता
वीरगंज, १० पुस । वीरगंज निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–10 गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता को नवौँ दिन चारवटा खेल आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न भएका छन् । खेलमा सहभागी बालक र बालिकाले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका छन् ।

पहिलो खेल (बोयज) मा ब्लू हेभेन एकेडेमी ले MES लाई ४ विकेटले पराजित गरेको छ । उक्त खेलका म्यान अफ द म्याच आलोक पटेल घोषित भए ।

दोस्रो खेल (गर्ल्स) मा ओएम नेसनल एकेडेमी ले मनकामना सेकेन्डरी स्कुल लाई ६ विकेटले हराउँदै जीत दर्ता गर्‍यो। यस खेलकी म्यान अफ द म्याच अन्जली साह बनिन्।

तेस्रो खेल (बोयज) मा मनकामना सेकेन्डरी स्कुल ले लिटल एन्जल्स सेकेन्डरी स्कुल लाई ८ विकेटले पराजित गर्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने साहिल हुसैन म्यान अफ द म्याच घोषित भए।

चौथो खेल (गर्ल्स) मा गौतम स्कुल ले सनसाइन एकेडेमी लाई ७८ रनले पराजित गर्‍यो। यस खेलकी म्यान अफ द म्याच श्रेेष्ठा बस्नेत घोषित भइन्।

आयोजक प्याब्सन वीरगंजका अनुसार प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल