26 December ,2025,Friday

वीरगंजमा नेपाल रेडक्रस सोसाइटीको मस्यौदा विधान २०८२ कार्यशाला सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १० पुस । वीरगंज नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका आठवटै जिल्लाका सहभागितामा वीरगंजमा मस्यौदा विधान २०८२ सम्बन्धी छलफल तथा परामर्श कार्यशाला सम्पन्न भएको छ । यस कार्यशालाको उद्घाटन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्षको प्रमुख आतिथ्यमा भएको थियो ।
उद्घाटन समारोहमा वीरगंज शाखाकि उपसभापति श्रीमती मधु राणा,पुर्व केन्द्रिय सदस्य श्याम पोखरेल लगाएतका विशेष ब्यक्तीहरुको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा बिरगंज शाखाका सभापति बृजकिशोर पटेलले सहभागीहरूलाई स्वागत गर्दै कार्यशालाको उद्देश्य र मस्यौदा विधानको महत्वबारे प्रकाश पारे । उद्घाटन संयुक्त रूपमा परम्परागत रूपमा गमलामा पानी हालेर गरिएको थियो।कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फूल महम्द मियाँले गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृज किशोर पटेल, केन्द्रीय कार्यालयकी निर्देशक पूजा कोइराला, पर्सा शाखाका कोषाध्यक्ष दया संकर सिंह, कार्यालय प्रमुख बिरसमसेर कुर्मी, उमेश मिश्रा लगायत विभिन्न जिल्लाका रेडक्रस पदाधिकारी तथा रेडक्रसकर्मीहरूको उपस्थिती रहेको थियो ।

आयोजकका अनुसार कार्यशालामा आठ वटा जिल्लाबाट आएका पदाधिकारी र रेडक्रसकर्मीहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा मस्यौदा विधान २०८२ सम्बन्धी छलफल, सुझाव आदानप्रदान र नीति सुधारका सम्बन्धमा विस्तृत परामर्श गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटीले यस प्रकारको कार्यशालालाई महत्वपूर्ण अवसरका रूपमा लिनुका साथै विधि, नीति र संगठनात्मक सुधारमा स्थानीय तहका अनुभव र सुझावहरूलाई समेट्ने प्रयास गरिएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल