26 December ,2025,Friday

प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता आज पाँच खेल सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ११ पुष । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत ११ पुसमा पाँच खेल सम्पन्न भएका छन् । आदर्शनगरस्थित मैदानमा भएका खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरे ।

बोयजतर्फको पहिलो खेलमा लिटल फ्लावर स्कूलले फुर्कान स्कुललाई ५ विकेटले पराजित गर्दै विजय हासिल गर्‍यो । यस खेलमा अमन यादव म्यान अफ द म्याच घोषित भए ।

गर्ल्सतर्फको दोस्रो खेलमा अल्पाइन सेकेन्डरी स्कुलले ज्ञान वाटिका सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्‍यो । रिया यादव उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बनिन् ।तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले जीवन ज्योति सेकेन्डरी स्कुललाई ७ विकेटले पराजित गर्‍यो । यस खेलका म्यान अफ द म्याच नितेश पटेल घोषित भए ।

चौथो खेलमा माउन्ट मकालु सेकेन्डरी स्कुलले लिटल एन्जल सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गर्दै जीत निकालेको हो । अनु यादव म्यान अफ द म्याच बनिन् ।

दिनको अन्तिम खेलमा ब्लु हेभेन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी एकेडेमीलाई २५ रनले पराजित गर्‍यो । पृथ्वी पटेल यस खेलका म्यान अफ द म्याच घोषित भए ।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्नुका साथै क्रिकेटप्रति रुचि र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल