26 December ,2025,Friday

कलैयाका प्रमुख प्रशासकीय अधिकृतमा रामविनय कुमार सिंह आउँदै, नाथु साहको सरुवा

कलैया, ११ पुष । बाराको कलैया उपमहानगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत नाथु साहको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साहलाई भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको हो ।

साहको स्थानमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव रामविनय कुमार सिंह कलैया उपमहानगरपालिकामा आउने भएका छन् ।

नाथु साह करिब चार वर्षदेखि कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । मन्त्रालयले हालै साहसहित ३० जना उपसचिवस्तरका कर्मचारीहरूको सरुवा गरेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल