27 December ,2025,Saturday

वीरगंज महानगरपालिकाद्वारा एसियाली कुस्ती च्याम्पियनसिपका खेलाडीहरू सम्मानित

अभिलाष गुप्ता

वीरगंज, १२ पुष । इरानको उरमिया सहरमा सम्पन्न ७ औँ एसियाली कुस्ती च्याम्पियनसिप २०२५ मा सहभागिता जनाई वीरगंज फर्किएका कुस्ती खेलाडीहरूलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले आज आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी ४ जना खेलाडी—कुन्दन साह, सुजित यादव, निखिल पटेल र राम किशोर यादवलाई गम्छा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरे । साथै, च्याम्पियन सिपमा सहभागी अन्य ११ जना कुस्ती खेलाडीहरूलाई ट्र्याक सुट प्रदान गरी सम्मान गरिएको थियो ।कार्यक्रममा मेयर सिंहले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई देश तथा वीरगंजको नाम चिनाउन सफल खेलाडीहरूको प्रशंसा गर्दै खेलकुद विकासका लागि महानगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे । उनले खेलाडीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि निरन्तर अभ्यास र अनुशासनमा ध्यान दिन आग्रहसमेत गरे ।

सम्मानित खेलाडीहरूले महानगरपालिकाबाट प्राप्त सम्मानले आफूहरूलाई थप हौसला र प्रेरणा मिलेको प्रतिक्रिया व्यक्त गरेका छन् । 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल