अभिलाष गुप्ता
वीरगंज, १२ पुष । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पाँच खेल सम्पन्न भएका छन् ।
आदर्शनगरस्थित खेल मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरे ।
छात्रातर्फको पहिलो खेलमा बिकोन मावि स्कुलले नवदिप एकेडेमी स्कुललाई ७ विकेटले पराजित गर्यो । उक्त खेलमा सोनाली गुप्ता म्यान अफ द म्याच घोषित भइन् । दोस्रो खेलमा माउन्ट एडमन्ड सेकेन्डरी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ९ विकेटले पराजित गर्दै अर्चना ठाकुर म्यान अफ द म्याच बनिन् ।

चौथो खेलमा ओम नेशनल एकेडेमी स्कुलले चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुललाई ९ विकेटले हराउँदा प्रज्ञा क्षेत्री म्यान अफ द म्याच घोषित भइन् । जुनियर छात्रतर्फको तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले ज्ञान बाटिका सेकेन्डरी स्कुललाई ९ विकेटले पराजित गर्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितेश पटेल म्यान अफ द म्याच बने। अन्तिम खेलमा मनकामना सेकेन्डरी स्कुलले सूर्योदय एकेडेमी स्कुललाई ८ रनले पराजित गर्दै ओसिम आलम म्यान अफ द म्याच घोषित भए ।
प्याब्सन वीरगञ्ज महानगर सचिव अमित आलोकले प्रतियोगिताले विद्यालयस्तरका बालबालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेकोछ ।




