28 December ,2025,Sunday

जगरनाथपुर–२ मा पीडित परिवारको श्राद्धकार्यका लागि समाजसेवी बृजेश्वर चौधरीद्वारा चामल सहयोग

अभिलाष गिप्त

वीरगंज, १३ पुष ।  जगरनाथपुर गाउँपालिका वडा नम्बर २ मा एक पीडित परिवारको श्राद्धकार्यका लागि समाजसेवी तथा मेयर पदका प्रत्याशी बृजेश्वर चौधरीले खाद्यान्न सहयोग गरेका छन् । यही हप्ता परिवारको घरमा श्राद्धकार्य परेकाले आवश्यक सहयोगस्वरूप ३० किलोका दुई बोरा चामल प्रदान गरिएको हो ।

स्ववर्गीय आत्माको चिरशान्ति तथा स्वर्गमा स्थान प्राप्त होस् भन्ने कामनासहित गरिएको उक्त सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको छ । सहयोग हस्तान्तरणका क्रममा चौधरीले आगामी दिनमा पनि विपन्न, दलित तथा पछाडि पारिएका समुदायको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विकास र समानताको यात्रामा सबै वर्ग र समुदायलाई समेटेर अघि बढ्ने आफ्नो उद्देश्य रहेको बताए ।

स्थानीयवासीहरूले समाजसेवी भावनाका साथ गरिएको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यले सामाजिक एकता र मानवीय संवेदनालाई मजबुत बनाउने बताएका छन्। बृजेश्वर चौधरी लामो समयदेखि निरन्तर समाजसेवामा सक्रिय रहँदै आएका व्यक्ति हुन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल