अभिलाष गुप्ता
वीरगंज, १३ पुष । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १३ गते प्रतियोगिताको बारौँ दिन छ वटा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् । आदर्शनगर स्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्रतर्फका विभिन्न विद्यालय टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए ।
१२ औं दिनको पहिलो खेल जुनियर छात्रतर्फ गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र लिटल फ्लावर सेकेन्डरी स्कुलबीच सम्पन्न भएको थियो। खेलमा लिटल फ्लावर सेकेन्डरी स्कुलले ७ विकेटको जित हात पार्यो । यस खेलका प्लेयर अफ द म्याच सुशांक गुप्ता घोषित भए ।दोस्रो खेल छात्रातर्फ गौतम सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुलबीच भएको थियो । साउथ जोन सेकेन्डरी स्कुलले सशक्त प्रदर्शन गर्दै १० विकेटको फराकिलो जित दर्ता गर्यो । शिवानी साह प्लेयर अफ द म्याच बनिन् ।
तेस्रो खेल जुनियर छात्रतर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र गोल्डेन फ्युचरबीच सम्पन्न भयो । प्रतिस्पर्धात्मक खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १५ रनको महत्वपूर्ण जित निकाल्न सफल भयो । यस खेलका प्लेयर अफ द म्याच राजन साह घोषित भए । चौथो खेल छात्रातर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र बेकन सेकेन्डरी स्कुलबीच खेलिएको थियो । यस खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ८ विकेटको सहज जित हात पार्यो । दीक्षा गिरी प्लेयर अफ द म्याच बनिन् ।
बारौँ दिनको पाँचौँ खेल जुनियर छात्रतर्फ सुर्योदय सेकेन्डरी स्कुल र ज्ञान वाटिका स्कुलबीच सम्पन्न भयो । उत्कृष्ट टोलीगत प्रदर्शन गर्दै सुर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको जित दर्ता गर्यो । यस खेलका प्लेयर अफ द म्याच साहिद देवान घोषित भए। बारौँ दिनको अन्तिम खेल छात्रातर्फ लिटल फ्लावर सेकेन्डरी स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच भएको थियो । कडा प्रतिस्पर्धापछि लिटल फ्लावर सेकेन्डरी स्कुलले १२ रनको रोमाञ्चक जित हात पार्यो । अर्चना ठाकुर प्लेयर अफ द म्याच बनिन् ।
आयोजक प्याब्सन वीरगंज अनुसार प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको छ। दर्शकहरूको उल्लेख्य उपस्थिति र विद्यालयहरू को सक्रिय सहभागिताले प्रतियोगिता दिनप्रति दिन थप रोचक बन्दै गएको आयोजकले जनाए को छ ।



