29 December ,2025,Monday

नेशनल इन्फोटेक कप २०८२ को फाइनलमा नेशनल इन्फोटेक ५ विकेटले विजयी

अभिलाष गुप्ता

वीरगंज, १४ पुष । नेशनल इन्फोटेक कप २०८२ अन्तर्गत आयोजित इन्टर–कलेज टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज वीरगंजस्थित टी.बी. शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको छ । फाइनल खेलमा नेशनल इन्फोटेक कलेजले ग्याण्डा एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको छ ।

पहिले ब्याटिङ गरेको ग्याण्डा एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । टोलीका लागि विवेक प्रजापतिले २७ बलमा ३६ रन तथा अंकित के. कुर्मीले ३६ बलमा ३५ रनको योगदान दिएका थिए । बलिङतर्फ नेशनल इन्फोटेकका निरज पटेलले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए भने अभय यादवले ४ ओभरमा २६ रन दिएर १ विकेट लिए ।

१३८ रनको लक्ष्य पछ्याएको नेशनल इन्फोटेकले १९.१ ओभरमै ५ विकेटको क्षतिमा १४० रन बनाउँदै जित सुनिश्चित गर्‍यो । टोलीका लागि मोहताब आलमले ४३ बलमा ४८ रन तथा परिमार्जन यादवले ३९ बलमा ४९ रनको उत्कृष्ट पारी खेले। ग्याण्डा एकेडेमीका बलर रोबिन कुमालले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए भने अंकुश गुप्ताले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।

फाइनल खेलका उत्कृष्ट खेलाडी मोहताब आलम घोषित भए । उनले ४८ रनको प्रभावशाली पारी खेलेबापत रु. २,००० नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल क्रिकेट एशोसिएसन अफ नेपाल (CAN) मधेश प्रदेश क्रिकेट संघ तथा क्रिकेट एशोसिएसन अफ पर्साको सहकार्यमा सम्पन्न भएको हो । टुनामेन्टका संयोजक तथा युवा नेता सुधीर पटेलको विशेष उपस्थितिमा तथा क्यान पर्साका अध्यक्ष मनिष सिंहको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

आयोजकका अनुसार विजेता टोलीलाई शील्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताले वीरगंज तथा आसपासका कलेजस्तरका खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल