12 July ,2026,Sunday

वीरगंजमा युवराज पारसको ५५ औँ जन्मोत्सव दीपप्रज्वलन गरी मनाइयो

वीरगंज, १५ पुष । नेपाल विद्वत् परिषद् जिल्ला कार्यसमिति वीरगंज–पर्साको आयोजनामा आज  मङ्गलबारका दिन वीरगंजको घण्टाघरमा श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव सरकारको ५५ औँ शुभ जन्मोत्सव दीपप्रज्वलन गरी मनाइएको छ ।

कार्यक्रम रामनारायण साहज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा युवराज पारसको दीर्घायु, सुस्वास्थ्य तथा राष्ट्रको समृद्धिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा नेपाल विद्वत् परिषद् पर्साका जिल्ला उपाध्यक्ष हरिनारायण साह, नगर अध्यक्ष पुरुषोत्तम सिंह, जिल्ला सदस्यहरू प्रेमनारायणलाल सर्राफ, किशोरी साह, प्रमोद शर्मा, पुनम देवी, अब्दुल सतार अंसारी, मनोज भक्त माली, महेन्द्र प्रसाद साह, भिरा मियाँ अंसारी, रामनारायण पण्डित, सरोज कुमार लगायत अन्य समर्थक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले राजतन्त्र नेपालको पहिचान र गौरवसँग जोडिएको बताउँदै “राजतन्त्र जिन्दावाद” भन्ने नारासमेत लगाएका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...