वीरगंज, १६ पुष । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन । महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई उक्त जिम्मेवारी सुम्पिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।
महानगरका अनुसार लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नेपालको अनुभव, निष्ठा र व्यावसायिकतालाई कदर गर्दै उनलाई यो जिम्मेवारी प्रदान गरिएको हो ।
समितिको मुख्य दायित्व महानगर र सञ्चारमाध्यम बीचको सम्बन्ध व्यवस्थापन, सूचना प्रवाहको प्रभावकारिता तथा आमसञ्चार क्षेत्रको नियमनसँग सम्बन्धित विषयमा सुझाव दिने रहेको छ ।
महानगरले अनुभवी र सबै पक्षसँग समन्वय गर्न सक्ने व्यक्तिकै आवश्यकता भएकाले नेपाललाई संयोजक बनाइएको जनाएको छ ।



