2 January ,2026,Friday

वीरगंज महानगरमा आज शोक विदा

  • अभिलाष गुप्ता

वीरगंज, १८ पौष। वीरगंज महानगरपालिकाले आज शोक विदा दिएको छ। महानगर पालिकामा कार्यरत कार्यालय सहयोगी राजु कुमार थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै महानगरपालिकाले शोक विदा दिएको हो।

थापा यही पुस ६ गते सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचाररत रहनु भएकोमा पुस १२ गते उपचारकै क्रममा निधन भएको थियो।

दिवंगत थापा वीरगंज महानगरपालिकामा २०५२ साल माघ १२ गते कार्यालय सहयोगीका रूपमा नियुक्त भई लामो समयदेखि निरन्तर कार्यरत रहँदै आउनु भएको थियो। उहाँको आकस्मिक निधनले महानगरपालिका परिवार मात्र नभई सम्पूर्ण कर्मचारी वृत्तमा शोकको वातावरण सिर्जना भएको छ।

वीरगंज महानगरपालिकाले दिवंगत थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

दिवंगत थापाको शोकमा शुक्रबार बिहान ११:०० बजे वीरगंज महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको थियो। शोक सभामा महानगर प्रमुखको उपस्थितिमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण लगायत महानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रशासन प्रमुख सुनिल कर्णका अनुसार आज महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण सेवाहरू बन्द रहनेछन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल