12 July ,2026,Sunday

मानव सेवा आश्रम वीरगंज शाखाको ८ औँ वार्षिक उत्सव सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १९ पुष । मानव सेवा आश्रम वीरगंज शाखाको ८ औँ वार्षिक उत्सव शनिबार वीरगंजमा भव्य रूपमा सम्पन्न भएको छ। मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आश्रमले विगत एक वर्षभित्र सम्पन्न गरेका गतिविधिहरू, दाताहरूको विवरण तथा आय–व्यय विवरण सार्वजनिक गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पटेलले वीरगंजमा निर्माणाधीन मानव सेवा आश्रम शाखाको भवन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले देशभर सञ्चालनमा रहेका मानव सेवा आश्रमहरूमा राज्यको प्रत्यक्ष सहयोग न्यून रहेको यथार्थ औँल्याउँदै, समाजसेवी तथा दाताहरूको योगदानकै कारण आश्रमहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएको उल्लेख गर्नुभयो।

मन्त्री पटेलले मानव सेवा आश्रममा सेवा गरिरहेका स्वयंसेवकहरूको योगदानको उच्च प्रशंसा गर्दै भन्नुभयो, “मानव सेवा आश्रममा खटिएका स्वयंसेवकहरू ईश्वररूपी हुन्।

उनीहरूको इमानदारी, सेवाभाव र योगदानको जति प्रशंसा गरे पनि त्यो अपूरो नै रहन्छ।” समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, मानव सेवा आश्रम वीरगंज शाखाका संस्थापक संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारालगायतले मानव सेवा, सामाजिक उत्तरदायित्व र सहकार्यको आवश्यकता विषयमा आफ्ना धारणा व्यक्त गरेका थिए।

वीरगंज स्थित क्लासिक बैंक्वेटमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम वीरगंजका  संस्थापक देवेश गुप्ताले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजसेवी प्रकाश थारुले व्यक्त गर्नुभएको थियो।

सो अवसरमा मानव सेवा आश्रमलाई निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले मानव सेवा आश्रमले सडक आश्रित, असहाय तथा बेवारिसे नागरिकहरू को जीवनमा ल्याएको सकारात्मक परिवर्तनको खुलेर प्रशंसा गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...