spot_img

19 January ,2026,Monday

हिन्दू पत्रकार संघलाई भवन र तीन पुरस्कारको लागि सहयोग गर्ने नेपाल जनता पार्टीद्वारा घोषणा

वीरगंज, ४ माघ । नेपाल जनता पार्टीले आइतवार वीरगंजको रानीसती धर्मशालामा आयोजित कार्यक्रममा हिन्दू पत्रकार संघको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र वार्षिक रूपमा तीनवटा नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराजले हिन्दू पत्रकार संघको केन्द्रीय कार्यालयका लागि १० धुर जग्गामा एकतल्ले भवन निर्माण गरिदिने उदघोष गर्दै आगामी वर्षदेखि लागू हुने गरी पार्टीको आर्थिक व्यवस्थापनमा संघको निर्णय बमोजिम वितरण गरिने गरी कुल ६५ हजार रुपियाँ राशिको तीनवटा पुरस्कार घोषणा गरे ।

काशीनाथ तिवारी पुरस्कार (नगद २५ हजार), अनिल पटेल पुरस्कार (नगद २५ हजार) र युवा क्रियाशील पत्रकारिता पुरस्कार (नगद १५ हजार रुपियाँ) पुरस्कार छनोटको पूर्ण अधिकार हिन्दू पत्रकार संघलाई नै दिइएको छ ।

हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन  रौनियारले नेपाल जनता पार्टीले देखाएको यो उदारताप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा सबै हिन्दूवादी दलहरू आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा जोड दिए ।

हिन्दूवादी शक्तिहरू एक भएर चुनावमा होमिएमा सदनमा धर्मको पक्षमा बोल्ने प्रतिनिधिहरूको संख्या बढ्नेछ। यसका लागि हाम्रो संस्थाले विभिन्न दलहरूबीच ‘पुल’को भूमिका निर्वाह गर्न तयार छ र चाँडै यसको पहल गर्ने उनले बताए ।

नेपाल जनता पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल जनता पार्टीका केन्द्रीय नेताहरू, जिल्ला कार्यसमिति र विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल