26 June ,2026,Friday

सय रुपियाँभन्दा बढीका सामानमा कर असुलीप्रति विरोध गर्दै प्रजिअलाई ध्यानाकर्षण

वीरगंज, ४ बैशाख । १०० रुपियाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कर असुल गर्ने नीतिप्रति असन्तुष्टि जनाउँदै पर्साका युवाहरूले प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जेन जी पर्साका संयोजक महादेव प्रसाद कुर्मीको नेतृत्वमा गएको टोलीले शुक्रवार जिल्ला प्रशासन कार्यालय पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रमार्फत नेपाल–भारतबीच शताब्दीयौंदेखि कायम सामाजिक, सांस्कृतिक तथा पारिवारिक (बेटी–रोटी) सम्बन्धलाई कमजोर बनाउने खालको नीतिहरू लागू भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिकको दैनिक जीवनसँग जोडिएको सानो–सानो किनमेलमा समेत कर लगाउनु अन्यायपूर्ण रहेको भन्दै १०० रुपियाँँभन्दा बढी मूल्यका सामानमा कडाइका साथ कर असुली गर्दा सीमावासीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ।
वर्तमान सरकारबाट आम जनताले राहत र सहुलियतको अपेक्षा गरिरहेका बेला यस्तो नीतिले जनतामा निराशा बढाएको पनि पत्रमा जनाइएको छ। विशेषगरी मधेस क्षेत्रमा बसोबास गर्ने नागरिकलाई राज्यले सधैं उपेक्षित व्यवहार गरेको गुनासो समेत राखिएको छ।
वीरगंजलाई देशको प्रमुख प्रवेशद्वार तथा सबैभन्दा बढी राजस्व सङ्कलन हुने भन्सार क्षेत्रको रूपमा चिनिए पनि विकास र सेवा सुविधाको दृष्टिले पछि पारिएको आरोप लगाइएको छ। यहाँको धुलो, धुवाँ तथा अव्यवस्थित पूर्वाधारका कारण स्थानीय नागरिकले स्वास्थ्य समस्या झेल्नु परेको पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
टोलीले उक्त कर नीतिलाई तत्काल खारेज गर्न, सीमावर्ती नागरिकको दैनिकी सहज बनाउन र राज्यले समान व्यवहार सुनिश्चित गर्न प्रशासनसँग माग गरेको छ। साथै, जनताको समस्याप्रति संवेदनशील भई आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...