वीरगंज, ५ चैत्र । दुर्घटनामा परी पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका छन् । घटनाको विरोधमा स्थानीयवासीले प्रदर्शन समेत गरेका छन् ।
वीरगंज–२२ परवानीपुरमा एकै दिशाबाट जाँदै गरेको ना ४१ प १६६१ नम्बरको मोटरसाइकललाई बी.आर ०६ जिडी ४९११ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका हुन।

मृत्यु हुनेमा वीरगंज–२८ की मुर्ति देवी साह रहेकी छन् । घाइते मोटरसाइकल चालक उनका श्रीमान राजेन्द्रलाल साहको काठमाण्डौस्थित बीएनबी हस्पिटलमा उपचार भइरहेको छ।
सोही घटनालाई लिएर मृतकका परिवारले आज बिहान ७ बजेदेखि १० बजेसम्म सडकमा प्रदर्शन गर्दै चक्काजाम गरेका थिए।
स्थानीय प्रशासनले पीडित पक्षलाई उचित राहत दिने र घाइतेको उपचार व्यवस्था मिलाउने आश्वासन दिएपछि चक्काजाम खुलाइएको हो।
प्रहरीले ट्रक र चालक भारत बिहार बेतियाका २२ वर्षीय नितेश पासवानलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन।
प्रतिक्रिया लेख्नुहोस् ।