spot_img

20 April ,2026,Monday

वीरगंज मेनरोड विस्तार: सर्वोच्चको फैसला कार्यान्वयनपछि डोजर, ‘विधिको शासन’ मा जोड

वीरगंज, ०६ बैशाख ।  लामो समयदेखि विवादमा रहेको वीरगंजको मेनरोड विस्तार कार्य अन्ततः कार्यान्वयन चरणमा पुगेको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयनसँगै सडक डिभिजन कार्यालयले डोजर चलाएर सडक अतिक्रमण हटाउने काम अघि बढाएको हो।

अधिवक्ता चन्द्रीका प्रसाद पटेलले यस प्रक्रियालाई “न हुकुमी शैली, न गुण्डा शैली, न राज्य आतंक—केवल सर्वोच्च अदालतको फैसला कार्यान्वयन” भएको भन्दै विधिको शासनको उदाहरणका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार लोकतान्त्रिक राज्यमा सरकार वा जनता कोही पनि कानुनभन्दा माथि नहुने र विधि तथा विधिको शासन नै सर्वोपरि हुने सन्देश यस घटनाले दिएको छ।

२५/२५ मिटर सडक सीमा पुरानै निर्णय
बिरगंज मेनरोडको दायाँ–बायाँ २५/२५ मिटर सडक सीमा तोक्ने निर्णय नयाँ नभई तत्कालीन श्री ५ को सरकारले २०३४ सालमा राजपत्रमार्फत नै निर्धारण गरेको थियो। सोही आधारमा २०७६ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले वीरगंज–पथलैया सडक खण्डमा पर्ने संरचनाहरू हटाउन सूचना जारी गरेको थियो।

उक्त सूचनापछि प्रभावित व्यवसायी तथा व्यक्तिहरूले मुआब्जा र क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर, सर्वोच्च अदालतले २०८१ फागुन २८ गते सो रिट खारेज गर्दै मुआब्जा दिनुपर्ने दाबी अस्वीकार गर्‍यो।

फैसला पछि कार्यान्वयन सुरु
सर्वोच्चको निर्णयपछि सडक डिभिजन कार्यालय, हेटौंडाले २०८३ वैशाख ६ गतेदेखि बिरगंजमा अतिक्रमित संरचना हटाउने काम सुरु गरेको छ। यससँगै सडक विस्तारको बहुप्रतिक्षित योजना कार्यान्वयनमा आएको छ।

“विकासका लागि आवश्यक कदम”
अधिवक्ता पटेलका अनुसार यो कार्य कुनै एक स्थानीय वा वर्तमान सरकारको पहल नभई २०७६ सालमै सुरु भएको प्रक्रिया हो, जुन अहिले कार्यान्वयनमा आएको मात्र हो। उनले बिरगंजको मुहार फेर्न, शहरलाई व्यवस्थित र सुन्दर बनाउन यो कदम आवश्यक रहेको बताए।

यद्यपि, प्रभावित व्यापारी तथा पसलेहरूलाई केही दिनको समय दिएको भए अझ उचित हुने उनको भनाइ छ। “२–४ दिनको समय उपलब्ध गराइएको भए सुनमा सुगन्ध हुन्थ्यो,” उनले उल्लेख गरेका छन्।

राज्यको भूमिकामा अपेक्षा
पटेलले ढिलै भए पनि काम सुरु भएकोमा सकारात्मक टिप्पणी गर्दै अब राज्यले आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्दै विकासलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

उनले अन्त्यमा बिरगंजको समग्र विकासमा यस्तो कदमले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै “जय देश, जय बिरगंज” भन्ने सन्देश दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल