26 June ,2026,Friday

सडक विस्तार पीडितद्वारा आन्दोलन, ज्ञापनपत्रसहित नाराबाजी

वीरगंज ११ बैशाख । वीरगंज बचाउ संघर्ष समितिले सडक विस्तारका क्रममा घर तोडफोडबाट प्रभावित घरधनी तथा पीडितहरूको पक्षमा आवाज उठाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

समितिको नेतृत्वमा निकालिएको जुलुस नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले “२०७२ को निर्णय कायम गर”, “हामीलाई सुकुम्बासी बनाउन पाइँदैन”, “महानगरपालिका मुर्दावाद” लगायतका नारा लगाउँँदै मुआब्जाको माग गरेका थिए।
वीरगंज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताको नेतृत्वमा गएको टोलीले सिडियोमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै सडक विस्तारका नाममा गरिएको घर तोडफोडप्रति आपत्ति जनाउँदै पीडितहरूलाई उचित मुआब्जा दिनुपर्ने माग राखेको छ।
समितिले सरकारसँग पीडितहरूको समस्या सम्बोधन गर्न र विगतका निर्णय कार्यान्वयन गर्न माग गर्दै आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...