spot_img

28 April ,2026,Tuesday

वीरगंजमा चर्को महँगी र बजार अराजकता विरुद्ध उपभोक्ता हित संरक्षण मञ्चको प्रेस विज्ञप्ति

अभिलाष गुप्ता

वीरगंज, १४ बैशाख । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले इन्धनको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य वस्तु तथा सेवामा भइरहेको अस्वाभाविक तथा तीव्र मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मञ्चले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय खाद्यान्न, इन्धन, यातायात लगायत दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वस्तु तथा सेवाको मूल्य निरन्तर बढ्दै गएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ कि मूल्यवृद्धिका कारण सर्वसाधारण उपभोक्ताको जीवनयापनमा गम्भीर असर परेको छ। विशेषगरी कमजोर आय भएका तथा मध्यमवर्गीय परिवार अहिलेको महँगीबाट अत्यधिक प्रभावित भएको मञ्चले जनाएको छ।

मञ्चका अनुसार बजार अनुगमन प्रभावकारी नभएका कारण कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति तथा मनोमानी मूल्य निर्धारणजस्ता गतिविधि मौलाउँदै गएका छन्। यसले बजार व्यवस्थापन कमजोर बन्दै गएको भन्दै सम्बन्धित निकायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरिएको छ।

प्रेस विज्ञप्तिमार्फत मञ्चले पाँच बुँदे मागसमेत सार्वजनिक गरेको छ। सडक विस्तारको क्रममा ६/७ दिनको समयसमेत नदिई घर–टहरा भत्काउनु अनुचित भएको बताइएको छ। साथै सीमा नाकामा कडाइ, बजारमा कृत्रिम अभाव र महँगीका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै नियामक निकाय र प्रशासनको मौनताले बजार अराजक बनेको आरोप लगाइएको छ।

त्यसैगरी खसीको मासुको मूल्य प्रतिकिलो १ हजार रुपैयाँबाट १ हजार २ सय रुपैयाँ पुर्‍याइनु कसको सहमतिमा गरिएको हो भन्दै मञ्चले प्रश्न उठाएको छ। व्यवसायी संघको नाममा लुटतन्त्र मच्चाउन नपाइने भन्दै नियामक निकायसँग जवाफ मागिएको छ।

मुख्य सडकबाहेक अन्य क्षेत्रमा घरधनीहरूले अत्यधिक सटर भाडा तथा पेश्की मागिरहेको अवस्थाप्रति पनि मञ्चले आपत्ति जनाएको छ। यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न स्थानीय सरकारसँग माग गरिएको छ।

मञ्चले अन्त्यमा बजारलाई व्यवस्थित, उपभोक्ता मैत्री र पारदर्शी बनाउन प्रशासन जवाफदेही बन्नुपर्ने माग गरेको छ।
उक्त विज्ञप्तिमा अजित कुमार भुजेल, केन्द्रीय सदस्य, उपभोक्ता हित संरक्षण मञ्च नेपालले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल