spot_img

3 May ,2026,Sunday

प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ पर्साद्वारा प्रभातफेरी

spot_img
वीरगंज २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले वीरगंजमा प्रभातफेरी गरेको छ।

 
घण्टाघरबाट शुरू भई शहरका विभिन्न मुख्य मार्ग परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर समापन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघ पर्सा अध्यक्ष ओम प्रकाश खनालले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताए ।  उनले संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐन लगायत सञ्चारसम्बन्धी विभिन्न विधेयकप्रति महासंघको गम्भीर चासो रहेको बताए।
सञ्चार क्षेत्रको आर्थिक संकट, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचना प्रवाहमा देखिएको रोकजस्ता समस्याले पत्रकारिता क्षेत्र थप संकटग्रस्त बनेको उल्लेख गर्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पेसागत संगठन, नागरिक अगुवा तथा सरोकारवालासँग ऐक्यबद्धताको अपेक्षा समेत गरे ।
कार्यक्रममा सचिव बिजय महतो, सहसचिव एसके चौरसियालगायत सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो ।  
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल