spot_img

5 May ,2026,Tuesday

सरकारी कार्यालयको बोर्डमा मोबिल छर्किने दुई जना पक्राउ, अनुसन्धान जारी

spot_img

अभिलाष गुप्ता
वीरगंज, २१ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी कार्यालयको बोर्डमा मोबिल छर्की फरार भएका दुई जनालाई पक्राउ गरेको छ।

वीरगंज महानगरपालिका वडा नं. २३ स्थित पूर्वाधार विकास कार्यालय पर्साको प्राङ्गणमा कार्यालयका कर्मचारी राम प्रवेश यादवसँग विकास योजना सम्बन्धी विषयमा विवाद भएपछि कार्यालयको बोर्डमा मोबिल छर्की आरोपीहरू फरार भएका थिए।

घटनाबारे कार्यालय प्रमुखले वडा प्रहरी कार्यालय श्रीपुरमा दिउँसो करिब २:३० बजे टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा घटनामा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. ११ बस्ने ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।
प्रहरीका अनुसार दुवै जनामाथि आवश्यक अनुसन्धान कार्य जारी रहेको छ।

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल