6 May ,2026,Wednesday

spot_img
spot_img
spot_img
spot_img

बीपी उद्यान हरियाली पार्कमा रूपान्तरण हुँदै, वीरगंजकाे शहरी सौन्दर्य र वातावरण सुधारमा नयाँ आयाम

अभिलाष गुप्ता
वीरगंज, २२ बैशाख  । वीरगंज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि तथा वातावरणीय सुधारलाई प्राथमिकता दिँदै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिएको छ।

लामो समयदेखि अव्यवस्थित र अतिक्रमणको चपेटामा परेको उक्त क्षेत्रलाई अब स्वच्छ, खुला र आकर्षक सार्वजनिक स्थलका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। हाल उद्यान क्षेत्रमा माटो पुर्ने, जमिन सम्याउने तथा नियमित सिँचाइ गर्ने काम भइरहेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका अनुसार आगामी चरणमा दुबो रोप्ने, विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपण गर्ने र हरियाली व्यवस्थापनलाई थप व्यवस्थित बनाइनेछ। यसले पार्कलाई प्राकृतिक रूपमा सुन्दर र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ।

मेयर राजेशमान सिंहले यो परियोजना केवल पार्क निर्माणमा सीमित नभई समग्र शहरी जीवनस्तर उकास्ने अभियान भएको बताएका छन्। उनका अनुसार बीपी उद्यानलाई आधुनिक, सफा र व्यवस्थित हरियाली पार्कका रूपमा विकास गरिनेछ, जसले शहरको सौन्दर्य वृद्धि गर्नुका साथै नागरिकलाई स्वच्छ वातावरण र विश्रामका लागि खुला स्थान उपलब्ध गराउनेछ।उनले पार्क निर्माणले तापक्रम नियन्त्रण, प्रदूषण न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

महानगरपालिकाले पार्कभित्र पैदल मार्ग, विश्रामस्थल, फूलबारी तथा हरियाली क्षेत्रको व्यवस्थित संरचना निर्माण गर्ने योजना बनाएको छ। साथै, पार्कको उत्तरतर्फ रहेको पुरानो रेल्वे लिक क्षेत्रमा रेल्वे संग्रहालय निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। ऐतिहासिक महत्व झल्काउन जनकपुर बाट पुरानो रेल इन्जिन ल्याएर संग्रहालयमा राख्ने तयारी भइरहेको छ।

वीरगंज महानगरपालिकाका हरियाली संयोजक जय प्रकाश खेतानका अनुसार महानगरपालिकाले यसअघि वीरगंज भन्सार क्षेत्रमा समेत वृक्षारोपण गर्दै शहरको हरियाली विस्तार गर्ने प्रयास गरेको थियो।

बीपी उद्यानको हरियाली पार्क निर्माण सम्पन्न भएपछि वीरगञ्जमा शहरी सौन्दर्य वृद्धि, वातावरण संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल