6 May ,2026,Wednesday

spot_img
spot_img
spot_img
spot_img

लागुऔषध नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न, ‘सुधार अभियान २०८३’ कार्यान्वयनमा जोड

अभिलाष गुप्ता
वीरगंज, २३ बैशाख । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा सञ्चालित “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पर्सामा जिल्ला स्तरीय सरोकारवाला निकायसँग समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा आयोजित उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक,बिरगंज सशस्त्र प्रहरी १३ नम्बर गणका प्रमुख एस्पी मोहन बहादुर क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुबेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा अभियानको पहिलो चरण अन्तर्गत तयारी अवस्था, कार्यान्वयन रणनीति तथा लागुऔषध नियन्त्रणका लागि अपनाइने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले लागुऔषध दुव्र्यसन न्यूनीकरण, सेवनकर्ताको पहिचान, उपचार तथा पुनःस्थापनाका विषयमा समन्वयात्मक ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

त्यसैगरी, कार्यक्रममा जिल्ला स्थित विभिन्न सुरक्षा निकायका प्रमुख, संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले अभियानलाई सफल बनाउन सबै पक्षबीच सहकार्य, सचेतना अभिवृद्धि र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

उक्त अन्तरक्रिया कार्यक्रमले लागुऔषध नियन्त्रण तथा सुधार अभियानलाई जिल्लास्तरमा प्रभावकारी ढंगले अघि बढाउन महत्वपूर्ण आधार तयार पार्ने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल