25 June ,2026,Thursday

वीरगंज भन्सार गेटबाट ब्राउन सुगर र हिरोइनसहित दुई जना पक्राउ

अभिलाष गुप्ता
वीरगंज, २५ वैशाख । पर्साको वीरगंज महानगर पालिका वडा नं. १६ स्थित भन्सार मेनगेट क्षेत्रमा लागूऔषध चेकजाँचका क्रममा दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।

मिति २०८३ साल वैशाख २५ गते साँझ करिब ५ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट असई नितेश कुमार शाह कानुको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीले नियमित चेकजाँच गरेको थियो। टोलीसँग “दृष्टि” नामक ड्रग्स डिटेक्शन ट्रेडको पोथी कुकुर समेत परिचालन गरिएको थियो।

भारतबाट नेपालतर्फ आउँदै गरेको यात्रुवाहक अटोमा सवार व्यक्तिहरूमाथि शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम तथा सेतो हिरोइन जस्तो देखिने पदार्थ ०.३४ मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगर पालिका वडा नं. ११ सिमलटार बस्ने अन्दाजी २० वर्षीय सागर घिमिरे र सोही स्थान निवासी अन्दाजी २३ वर्षीया पूजा जिम्बा रहेका छन्।

बरामद लागूऔषध तथा पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...