25 June ,2026,Thursday

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा द्वारा सचेतना कार्यक्रम सम्पन्न, ८० भन्दा बढी विद्यार्थी लाभान्वित

वीरगंज, २५ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा द्वारा सचेतना कार्यक्रम सम्पन्न, ८० भन्दा बढी विद्यार्थी लाभान्वित वीरगञ्जस्थित ब्राइट सेकेन्डरी स्कुलमा ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा अन्तर्गतका ट्राफिक प्रहरी निरीक्षक युवराज कटवाल ले विद्यार्थीहरूलाई दैनिक जीवनमा ट्राफिक प्रणालीको महत्व, सडक सुरक्षाका उपाय, ट्राफिक नियम पालनाको आवश्यकता तथा दुर्घटना न्यूनीकरणका विषयमा जानकारी दिएका थिए। उनले ट्राफिक नियमको पालना गर्नु प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गर्दै सचेत नागरिक बनेर सुरक्षित समाज निर्माणमा योगदान दिन आग्रह गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले ट्राफिक संकेत, जेब्रा क्रसिङको प्रयोग, हेल्मेट तथा सिटबेल्टको अनिवार्यता, सडकमा हिँड्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा उपयोगी जानकारी प्राप्त गरेका थिए। विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान वृद्धि हुनुका साथै सामाजिक उत्तरदायित्वबोध समेत विकास हुने विश्वास व्यक्त गरेको छ।
उक्त कार्यक्रम एलाइड युथ सोसाइटी को आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमको नेतृत्व संस्थाका कार्यकारी बोर्ड सदस्य सुशील पटेल ले गरेका थिए। कार्यक्रममा संस्थाका संस्थापक ओम कुमार झा, अध्यक्ष पियुष साह कानु, जनसम्पर्क अधिकृत समीक्षा चौधरी तथा कार्यकारी बोर्ड सदस्य सोनु गुप्ता लगायतको उपस्थिति रहेको थियो।

आयोजक संस्थाले स्वस्थ, सुरक्षित र अनुशासित समाज निर्माणका लागि सबैले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिएको छ। साथै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...