10 May ,2026,Sunday

spot_img
spot_img
spot_img
spot_img

सांसद सुशील साह कानुद्वारा वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन

अभिलाष गुप्ता
वीरगंज, २६ वैशाख । वीरगंज महानगरपालिका वडा नं. १० को आयोजनामा चौथो संस्करणको वडा स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छ। युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने तथा अनुशासन, सद्भाव र सहकार्यको भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन समारोह प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य सुशील साह कानु को आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम वडा नं. १० का कार्यवाहक वडा अध्यक्ष सन्तोष जैसिको अध्यक्षतामा सम्पन्न भएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद साहले खेलकुदले युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने बताउँदै स्थानीय तहबाट यस्ता प्रतियोगिताको निरन्तर आयोजना हुनु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले खेलकुदमार्फत समाजमा अनुशासन र भाइचाराको भावना मजबुत बन्ने उल्लेख गरे।

कार्यक्रममा वरिष्ठ उद्योगपति अशोक बैध, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, रबि श्रीवास्तव, घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कानु, वडा सचिव पवन प्रधानलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।

उद्घाटन सत्रको अवसरमा वडा अन्तर्गतका ८ वटा विद्यालयहरूको सहभागितामा मार्चपास प्रतियोगिता समेत आयोजना गरिएको थियो। प्रतियोगितामा Little Angels Secondary School प्रथम, Mount Makalu English Boarding School दोस्रो तथा श्री रामचरण पन्नालाल माध्यमिक विद्यालय तेस्रो हुन सफल भएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीहरूलाई आयोजकले बधाई तथा शुभकामना व्यक्त गरेको थियो।कार्यक्रम सञ्चालन पत्रकार क्रान्ती साह ले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहनेछ भने आगामी केही दिनसम्म प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुनेछन्। प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेट खेलको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल