14 May ,2026,Thursday

spot_img
spot_img
spot_img
spot_img

पर्सामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन “नागरिकलाई छिटो, छरितो र न्यायपूर्ण सेवा दिन प्रहरी अझ जिम्मेवार बन्नुपर्छ” : प्रहरी महानिरीक्षक कार्की

वीरगंज, ३० वैशाख । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा FCDO-UK को आर्थिक सहयोग तथा UNOPS द्वारा सञ्चालित Security and Justice Program (SJP) अन्तर्गत निर्माण गरिएको “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” को नवनिर्मित भवन समुद्घाटन गरिएको छ।

“महिला र बालबालिकाका लागि न्याय र संरक्षण सेवाहरूमा पहुँच सुदृढ गर्दै” भन्ने उद्देश्यसहित निर्माण गरिएको उक्त भवनको उद्घाटन कार्यक्रममा विभिन्न सुरक्षा निकाय, न्यायिक क्षेत्र, स्थानीय तह तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय गान तथा दीप प्रज्वलनसहित औपचारिक रूपमा समारोहको शुभारम्भ गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पर्सा जिल्ला मुलुककै महत्वपूर्ण आर्थिक तथा राजस्व संकलन हुने नाका भएकाले यहाँको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सम्पूर्ण सुरक्षा निकायलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिँदै आम नागरिकलाई छिटो, छरितो र विश्वासिलो सेवा प्रदान गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको बताए।

उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, दुर्व्यवहार तथा सामाजिक विभेदका घटनामा संवेदनशील ढंगले काम गर्नुपर्ने उल्लेख गर्दै नयाँ सेवा केन्द्रले पीडितमैत्री वातावरणमा न्यायिक पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। “प्रहरी र समुदायबीच विश्वास, सहकार्य र निरन्तर संवाद कायम भए मात्रै दिगो शान्ति, सुरक्षा र सामाजिक सद्भाव सम्भव हुन्छ,” उनले भने।कार्यक्रममा वीरगञ्ज महानगरपालिका का उपप्रमुख इम्तियाज आलम, पर्सा जिल्ला अदालत का जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय का प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ग्यानेन्द्र बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपअनुसन्धान निर्देशक सन्तोष ढुंगाना लगायत सुरक्षा निकायका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

UNOPS तर्फबाट सञ्चालन संयोजक इन्द्र न्यौपाने, पूर्वाधार प्रबन्धक शिशिर उपाध्याय तथा GESI अधिकारी कृति थापा कार्यक्रममा सहभागी थिए।यसैगरी जिल्ला सरकारी वकिल कार्यालय पर्सा का प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान लगायत स्थानीय अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सोनी न्हेम्हाफुकीले गरेकी थिइन्। कार्यक्रममा प्रहरी निरीक्षकहरू निरोज चौगाई, विक्रम सुवेदी, युवराज कटवाल लगायतको सहभागिता रहेको थियो।करीब दुई करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको उक्त भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित, गोपनीय तथा सहज वातावरणमा सेवा प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल